२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौंको मूलपानीमा लुटेरामाथि गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

बिहिवार , माघ १५, २०८२

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउका क्रममा प्रहरीले गोलीसमेत चलाएको जनाएको छ ।

रातिको समयमा विभिन्न व्यक्तिलाई पछ्याएर गहना, नगदलगायतका सामान लुटिएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो । सोही क्रममा लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार पक्राउका क्रममा परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको हो । घटनासम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट