२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौंलगायत देशभर विमानस्थलमा हुस्सु र कुहिरोका कारण उडान ठप्प

बिहिवार , माघ १५, २०८२

काठमाडौं । बिहानैदेखि काठमाडौंसहित देशका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको कारण प्रमुख विमानस्थलमा उडान प्रभावित भएको छ। यसबाट यात्रु तथा विमान सेवामा ठुलो असुविधा पुगेको छ।

बुद्ध एयरका अनुसार काठमाडौं, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा मौसम अनुकूल नभएको कारण आजका लागि उडान सुरु हुन सकेको छैन। विमानस्थल स्रोतका अनुसार मौसममा सुधार आएसँगै उडान तथा अवतरण फेरि सुरु हुने सम्भावना रहेको छ।

विशेषगरी बिहानको समयमा बाक्लो कुहिरोले दृश्यता अत्यन्त कम हुँदा पाइलटहरूले सुरक्षित उडानको लागि विमानस्थलमा अवतरण गर्न कठिनाइ महसुस गरेका थिए। मौसम विभागका अनुसार देशका धेरै भागमा आज बिहानसम्म कुहिरो र हुस्सुको असर रहने अनुमान छ, तर दिउँसोपछि सुधार हुने जनाएको छ ।

काठमाडौं विमानस्थल व्यवस्थापनले यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस अवस्थामा विमानस्थल प्रशासनले मौसम अनुकूल भएमा मात्रै उडान संचालन गर्ने स्पष्ट सूचना जारी गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट