२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

देशभर एकैदिनमा चुनाव हुन्छ, दुई पटक हुनेवाला छैन : प्रधानमन्त्री

बिहिवार , माघ २२, २०८२

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले चुनाव एकैदिन हुने स्पष्ट पारेकी छिन् ।

बिहीबार जनक शिक्षा सामाग्री केन्द्रमा मतपत्र छपाईबारे निरीक्षण गरेर बाहिरिने क्रममा उनले एउटै दिन चुनाव हुने बताएकी हुन् ।

उनले भनिन्, ‘चुनाव आयो, तपाईंहरु निश्चिन्त हुनुहोस् । एकै दिनमा देशभर चुनाव हुन्छ, दुई पटक हुनेवाला छैन । फरक पर्दैन ।’

उनले फागुन २१ मा चुनाव गर्न मौसमले पनि साथ दिने विश्वास व्यक्त गरिन् । अगाडि बढ्ने क्रममा सबै राम्रो हुँदै गएकाले हामी सबैले मतदान पनि ढुक्क भएर गर्न पाउने विश्वास उनले व्यक्त गरिन् ।

मतदानपछिको नतिजा आएपछि सरकार बनेसँगै जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको उनले बताइन् । उनले मतपत्र छपाईमा खटिएका सम्पूर्ण कर्मचारीलाई धन्यवाद पनि ज्ञापन गरिन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट