बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा गएराति भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा अन्य ३४ जना घाइते भएका छन् ।
पुर्चौडी नगरपालिका–७, भौनीबाट जन्ती बोकेर जाँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् ।
घाइतेहरूको अवस्था र उपचार दुर्घटनामा घाइते भएका ३४ जनामध्ये २५ जनाको डडेलधुरा र ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ । बाँकी ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बसका चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
सडकबाट बस तल खसेको र दुर्घटनाको ठोस कारण अझै खुल्न नसकेको भए पनि तीव्र गति वा प्राविधिक गडबडीबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस