logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ‘फ्रन्टलाइनर’को सम्मानमा बनाएको चित्र मेटिएपछि दुर्जाङ शेर्पा भन्छन् ‘मेयर साब र प्रधानमन्त्रीलाई उद्घाटनमा नबोलाउनु गल्ती भयो’ (भिडियो)

    ‘फ्रन्टलाइनर’को सम्मानमा बनाएको चित्र मेटिएपछि दुर्जाङ शेर्पा भन्छन् ‘मेयर साब र प्रधानमन्त्रीलाई उद्घाटनमा नबोलाउनु गल्ती भयो’ (भिडियो)

    4.7K
    Shares

    काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको मा खटिएकाअग्रपंक्तिहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएपछि सर्वत्र आलोचना भएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवककले ७ दिन लगाएर जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले बुधबार दिउँसो मेटाएको हो ।

    काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को वडा कार्यालयको अनुमतिमा बनेको सो चित्र काठमाडौं मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीको निर्देशनमा महानगरपालिकाले चित्र मेटाएको हो ।

    घाम पानी नभनी फ्रन्टलाइनरहरुको सम्मानमा बनाएको चित्र मेटाएपछि दु:खित र आक्रोशित हुँदै कलाकार दुर्जाङ शेर्पाले भने, ‘त्यो चित्रमा के गल्ती थियो र हटाइयो ? चित्र कोरेको सातौँ दिनमा हामीले नेतालाई ल्याएर उद्घाटन नगर्नु नै गल्ती भयो । मलाई लाग्छ, मेयर साब र प्रधानमन्त्रीलाई उद्घाटनमा बोलाएनौँ सायद त्यही ठूलो भुल भयो ।’

    नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरी महानगरको उक्त कार्य निन्दनिय रहेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा फ्रन्टलाइनरको सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको उल्लेख छ ।

    सम्मानमा चित्र बनाइँदा बधाइ नभएर अपमान गरिनु सभ्य र सुसंस्कृति समाजको विरुद्ध भएको समेत कांग्रेसले जनाएको छ ।
    त्यस्तै सामाजिक सञ्जालमा पनि महानगरको यो कदमको निकै आलोचना भइरहेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend