२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं–३ मा चुनावी सरगर्मीः कुलमान घिसिङले घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–३ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिसिङले आजबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका हुन् ।

निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको समयसीमा ४ फागुनबाट सुरु भएसँगै घिसिङ आफ्ना समर्थक र पार्टीका कार्यकर्तासहित मतदाताको घरदैलोमा पुगेका छन् । उनले क्षेत्र नम्बर–३ अन्तर्गतका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पार्टीको घोषणापत्र र विकासका योजनाहरूबारे जानकारी गराइरहेका छन् ।

निर्वाचन आयोगले ४ फागुनदेखि १८ फागुन मध्यरातसम्मका लागि मात्र राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारको अनुमति दिएको छ । आयोगका अनुसार उम्मेदवारहरूले प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र ध्वनि प्रदूषण नहुने गरी र आचारसंहिताको दायराभित्र रहेर प्रचार गर्न पाउनेछन् ।

आयोगले १८ फागुन मध्यरातपछि मौन अवधि सुरु हुने र त्यसपछि कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न निषेध गरिएको जनाएको छ ।

घरदैलोका क्रममा उम्मेदवार घिसिङले उज्यालो नेपालको अभियानलाई घर–घरमा पुर्‍याउने र सुशासनका माध्यमबाट विकासको नयाँ मोडल तयार गर्ने दाबी गरेका छन् । उनले मतदाताहरूको विश्वास जित्नका लागि ठूला सभाभन्दा पनि व्यक्तिगत भेटघाट र समूहगत छलफललाई प्राथमिकता दिइरहेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौँ–३ मा उज्यालो नेपाल पार्टीसहित अन्य प्रमुख दलका उम्मेदवारहरूले पनि आ–आफ्नो प्रचार अभियानलाई सशक्त बनाएका छन् । निर्वाचन आयोगले भने आचारसंहिता पालनाको कडाइका साथ अनुगमन गरिरहेको र उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट