२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

यस्तो छ ओलीले सार्वजनिक गरेको प्रतिबद्धता, भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति अवलम्बन गरिने

मंगलवार , फाल्गुण ५, २०८२

विराटनगर । प्रतिनिधिसभा सदस्य पदका लागि आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले झापा क्षेत्र नं. ५ का लागि विशेष प्रतिबद्धता सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ४२ बुँदे प्रतिबद्धतामा देशको राजनीतिक दिशा, सुशासन र विकासलाई केन्द्रमा राखिएको छ।

एमालेले मुलुकलाई दीर्घकालीन स्थायित्वतर्फ लैजान स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई केवल नारा नभई कार्यान्वयनयोग्य राष्ट्रिय लक्ष्यका रूपमा अघि सारेको छ। पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, अवसरवादी प्रवृत्ति र देखावटी राजनीतिले जनतामा निराशा बढाएको भन्दै पार्टीले त्यसको विकल्प दिन आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिबद्धतामा सामाजिक सञ्जाल र नयाँ प्रविधिको दुरुपयोगमार्फत फैलाइने भ्रम र अफवाहप्रति चिन्ता व्यक्त गरिएको छ। तथ्य र परिणाममा आधारित राजनीति नै एमालेको बाटो भएको दाबी गर्दै अधुरा विकास आयोजना सम्पन्न गर्नु पार्टीको प्राथमिक दायित्व हुने उल्लेख गरिएको छ।

सुशासन र जवाफदेहितालाई लोकतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरिएको प्रतिबद्धतामा भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति अवलम्बन गरिने स्पष्ट गरिएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्दै राज्य संयन्त्रलाई पारदर्शी र उत्तरदायी बनाइने एमालेको भनाइ छ।

यसैगरी, भौगोलिक अवस्थाका कारण नेपालले भोग्दै आएको चुनौतीलाई अवसरमा बदल्न छिमेकी राष्ट्रहरूसँगको व्यापार, पारवहन र कूटनीतिक सम्बन्धलाई थप सुदृढ गरिने उल्लेख छ। नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट मुक्त गर्दै क्षेत्रीय आर्थिक सञ्जालसँग जोड्ने लक्ष्य पनि प्रतिबद्धतामा समावेश गरिएको छ।

स्थानीय स्तरमा दमक सभाहल सञ्चालन, आदिवासी तथा सांस्कृतिक पहिचान संरक्षणका लागि सङ्ग्रहालय निर्माण, साथै सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ।

एमाले अध्यक्ष ओलीले झापा–५ का मतदातालाई विश्वासका साथ मत दिन आग्रह गर्दै निर्वाचित भएपछिको कार्यकाल प्रतिबद्धता कार्यान्वयनमै केन्द्रित हुने दृढता व्यक्त गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट