२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङ–३ का उम्मेदवार डा. शर्मा र इरनकुमार राईबीच भेटघाट

मंगलवार , फाल्गुण ५, २०८२

मोरङ । मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोलबीच नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा र नेकपा एमालेका उम्मेदवार इरनकुमार राईबीच डा. शर्माको निवासमा भेटघाट भएको छ ।

राजनीतिक प्रतिस्पर्धा आफ्नो ठाउँमा भए पनि आपसी सम्मान र लोकतान्त्रिक संस्कार झल्काउने गरी भएको यो भेट विशेष रहेको डा. शर्माले बताए ।

यस अवसरमा डा. शर्माका बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेले समेत दुबै उम्मेदवारलाई आशिर्वाद प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा, जनताको सेवा र देशप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना व्यक्त गरे ।

यो भेटघाट सम्मान, संस्कार र मानवीय सम्बन्धको सुन्दर उदाहरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट