२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

शंकर पोखरेलको प्रश्नः चुनावकै बेला डकुमेन्ट्री सार्वजनिक हुनु संयोग कि षड्यन्त्र ?

शुक्रवार , फाल्गुण १५, २०८२

रूपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै सार्वजनिक भएको बीबीसीको डकुमेन्ट्री सामान्य सञ्चार सामग्री मात्र नभई सम्भावित भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत् सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट अडान व्यक्त गरेका छन् । उनले भनेका छन्, “चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग हो वा नियोजित हस्तक्षेप ?”

पोखरेलले डकुमेन्ट्रीबारे भनेका छन्, “चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।”

उनले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता सबैको साझा जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट