२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै काठमाडौंमा सहकारी पीडितहरुको प्रदर्शन

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारीका जम्मा गरेको ठूलो सानो सवै रकम फिर्ता हुनुपर्ने र ठगि गर्नेलाई कारबाही गर्नुपर्ने माग राख्दै सहकारी पीडित बचतकर्ता राष्ट्रिय महांसंघको अगुवाईमा शुक्रबार काठमाडौको माइतिघरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले ग्याँस छैन, तेल छैन, सहकारीमा राखेको पैसा छैन, सहकारी ठगि गर्नेलाई दण्ड हुने कानून बनोस, पीडितलाई फुटाउने षडयन्त्र नगरियोस, बिगत ४५ दिनदेखिको आन्दोलन जारी छ, बचकर्ताको पैसा फिर्ता गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको समस्या समाधान गर्न अव बन्ने नयाँ सरकार गम्भीर हुनुपर्ने बताए ।

सय दिन भित्र बचतकर्ताको रकम फिर्ता गराउने रास्वपाको प्रतिवद्धता अब पुरा हुनुपर्ने भन्दै उनले आफुहरुको मागका बारेमा ध्यानाकर्षण गराउन प्रदर्शनमा आएको बताए ।

उनले यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएकाले अब नयाँ सम्झौता भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्नेमा आफुहरुको जोड रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट