२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपा अधिवेशन हुँदै गर्दा रविको सन्देश : ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुनुहोस्

शनिवार , जेठ २३, २०८३

काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर एकै साथ जिल्ला अधिवेशन भइरहँदा पार्टीका केन्द्रीय सभापति रवि  लामिछानेले महाधिवेशन प्रक्रियालाई सभ्य, भव्य र सन्देशमूलक बनाउन आग्रह गरेका छन् ।

वडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा जेठ २३ र २४ गते जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेका बेला पार्टीका सदस्य तथा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका हुन्।

उनले पार्टीको हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व चयन गरिनुपर्ने धारणा राखेका छन्। यस्ता प्रक्रियाले पार्टीलाई थप बलियो र परिपक्व बनाउने उनको भनाइ छ।

लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य हासिल गर्न विचारसँगै व्यवहार, शैली र राजनीतिक संस्कारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन्। पुरानै सोच र प्रवृत्ति बोकेर नयाँ राजनीतिक शक्ति बन्न नसकिने उनको तर्क छ।

सन्देशमा उनले पार्टीभित्र योगदानको हिसाब–किताब खोज्ने, तदर्थ जिम्मेवारीलाई स्थायी अधिकारका रूपमा बुझ्ने तथा भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले नेतृत्वका लागि अत्यधिक प्रतिस्पर्धा गर्ने प्रवृत्तिप्रति समेत असन्तुष्टि जनाएका छन्। यस्ता प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियामार्फत नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन्।

सभापति लामिछानेले रास्वपाको वर्तमान अवस्था केही व्यक्तिको योगदानले मात्र नभई मतदाताको विश्वास र पार्टी सदस्यहरूको सामूहिक समर्पणबाट सम्भव भएको बताएका छन्। पुराना कार्यकर्ताले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा जोडिँदा पार्टी यहाँसम्म आइपुगेको उनको भनाइ छ।

रास्वपा अब केवल वैकल्पिक शक्ति बन्ने चरणमा सीमित नरही मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्तिका रूपमा अघि बढ्नुपर्ने उनले बताएका छन्। त्यसका लागि पार्टीलाई अझ समावेशी, फराकिलो र सुदृढ बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका छन्।

‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ,’ लामिछानेले सन्देशमा भनेका छन्, ‘राजनीतिलाई सुसंस्कृत, पारदर्शी र जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। ’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट