२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद हर्षाेल्लासका साथ मनाइयो

शनिवार , चैत्र ७, २०८२

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) शनिबार हर्षाेल्लासका साथ देशभर मनाइएको छ ।

पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गरिएको थियो ।

एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट