२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

बारामा एकापसमा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु

बुधवार , चैत्र १८, २०८२

निजगढ (बारा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले दुबैलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ पश्चिम लच्कामा एकापसमा ठोक्किएको थियो ।

ढुङ्गानाले ९८२४ नम्बरको मोटरसाइकल र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट