२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ब्रिटिश काउन्सिलको ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार अर्बिट ग्रुपलाई प्रदान

बुधवार , चैत्र १८, २०८२

लन्डन । अर्बिट ग्रुपले ब्रिटिश काउन्सिलले दक्षिण एसियामा प्रदान गर्ने प्रतिष्ठित ‘सर्वोत्कृष्ट व्यवसायिक साझेदार’ पुरस्कार प्राप्त गरेको छ । अर्बिट ग्रुपले शिक्षा, व्यवसायिक सहकार्य तथा अन्तर्राष्ट्रिय अवसरहरू विस्तार गर्न खेलेको उल्लेखनीय भूमिकाको कदरस्वरूप यो पुरस्कार पाएको हो ।

शुक्रबार साँझ लन्डनस्थित मिलेनियम होटल एण्ड रिसोर्टमा आयोजित समारोहमा अर्बिट ग्रुपका निर्देशक सुनिल रेग्मीले उक्त पुरस्कार ग्रहण गरेका हुन् ।

ब्रिटिश काउन्सिलका हेड अफ ग्लोवल आइएलटिएस एन्ड्रयू म्याकेन्जी र ग्लोवल पार्टनरसीप म्यानेजर बेन वेकफोर्डले उक्त पुरस्कार प्रदान गरे ।

पुरस्कार ग्रहण गर्दै निर्देशक रेग्मीले दक्षिण एसियाका विभिन्न साझेदारमध्ये अर्बिट ग्रुपले देखाएको उत्कृष्ट प्रदर्शन, सेवाको गुणस्तर र विद्यार्थी तथा संस्थाहरू जोड्ने प्रयासलाई विशेष रूपमा प्रशंसा गरिएको बताए ।

यस उपलब्धिले अर्बिट ग्रुपको विश्वसनीयता र प्रभावलाई अझ सुदृढ बनाएको उनले बताए ।

ब्रिटिश काउन्सिल नेपालको व्यवसायिक साझेदार अर्बिट ग्रुपले सन् २०१७ देखि ब्रिटिश काउन्सिलसंग सहकार्य गर्दै आएको छ । यसले नेपालमा आइएलटिएस परीक्षा दर्ताको काम गर्छ ।

त्यस्तै, ब्रिटिश काउन्सिलले विश्वका एकसय ४० बढी देशमा आइएलटिएस परीक्षा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट