काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएक छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफु शिक्षा मन्त्री हुँदा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अघि सारेका योजनाहरुलाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौं समस्याहरु चरम राजनीतिककरण र विकृतिहरु देखेको भन्दै उनले विकृतिहरुलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरुमा विशुद्ध शैक्षिक वातावरण बनाउन आफुले अधिकतम प्रयास गरेको धारणा राखे ।
उनले आफु राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा प्रस्तुत हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस