काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन अवस्था बिग्रने बताएका छन् ।
बिहीबार कमलप्रसाद कोइराला स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा नेता कोइरालाले अहिले कांग्रेस, एमाले लगाएतका पार्टीभित्र बिचित्रको विवाद रहेको भन्दै विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन अवस्था बिग्रन सक्ने बताएका हुन् ।
पार्टीलाई एकढिक्का बनाउन नसके थप अप्ठेरो अवस्थामा जाने उनको भनाइ छ । उनले पार्टीभित्रको विवादलाई मिलाउने प्रयासमा आफु रहेको उल्लेख गरे ।
कोइरालाले पुराना पार्टीभित्रको कमजोरीका कारण निर्वाचनमा अनपेक्षित नजिता आएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस