२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ । नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार तेस्रो वर्गअन्तर्गत रहेका काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि यी स्थानमा पेट्रोल १८७ रुपैयाँमा बिक्री हुँदै आएको थियो । डिजेल र मट्टितेलको मूल्य पनि १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ पुगेको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, डिजेलरमट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेलरमट्टितेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट