२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, रास्वपाबाट डीपी अर्याल उम्मेदवार

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका सार्वजनिक गर्दै आज उम्मेदवारी दर्ता हुने जानकारी दिएको हो ।

तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । त्यसपछि २ः३० बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ । चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने कार्यक्रम छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्याल सभामुख निर्वाचित हुने लगभग निश्चित देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट