काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले दिएको अभिव्यक्तिपछि एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको हो ।
उक्त अभिव्यक्तिप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै विषय सचिवालय बैठकमा छलफल हुने बताएका थिए । बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिएका छन् ।
एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीभित्र पूर्व छलफल भएको थिएन । आजको बैठकले सो अभिव्यक्ति र त्यसपछि विकसित घटनाक्रमबारे विस्तृत छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस