२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बादलको अभिव्यक्तिप्रति पाण्डेको कडा आलोचना: ‘घेराबन्दी’मा पर्‍यौं भन्ने “राष्ट्रवादी” राजनीति पुरानो भैसक्यो

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संसदीय दलका नेता रामबहादुर थापा बादलको पछिल्लो विवादित अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पाण्डेले बादलको नाम नलिई उनको अभिव्यक्तिको कडा आलोचना गरेका हुन् । उनले लेखेका छन्ः हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो— सबै दोष अरूलाई पाण्डेले लेखेका छन्, हामी पनि दोषी छौँ— यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?

पाण्डेले घेराबन्दीमा पर्‍यौँ भन्दै कार्यकर्तामा भ्रम छर्ने काम बन्द गर्न आग्रह गरेका छन् । उनले अबको साँचो राष्ट्रवादी लाइन नेपालको आर्थिक सुधार मात्र भएको दाबी गर्दै आफ्नो कमजोरी लुकाएर अतिवादतिर नधकेल्न नेतृत्वलाई सचेत गराएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र फागुन २१ को चुनावको परिणामलाई लिएर बादलले सेना, कर्मचारी र विदेशी निकायमाथि लगाएको आरोपले एमाले वृत्तमा ठूलो हलचल पैदा गरेको छ । यसै विषयलाई लिएर आज बस्ने सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले गम्भीर छलफल हुने र उचित निर्णय लिइने बताइसकेका छन् ।

सुरेन्द्र पाण्डेको यो सार्वजनिक असन्तुष्टिले आजको सचिवालय बैठक झनै पेचिलो बन्ने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट