२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री, लिए स्वास्थ्यबारे जानकारी

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गएराति काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री बनेलगत्तै आक्रामक रूपमा प्रस्तुत भइरहेका गुरुङ गए राति अबेर अस्पताल पुगेका थिए । उनले अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । सो क्रममा मन्त्री गुरुङले घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूसँग परामर्श गरी उनीहरूको पछिल्लो स्वास्थ्य स्थितिको विस्तृत जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आन्दोलनका घाइतेहरूलाई पूर्वसांसद एवं केएमसीका सञ्चालक डा. सुनिल शर्माले आफ्नै पहलमा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएका छन् । राज्यले गर्नुपर्ने दायित्वमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग भएको भन्दै गृहमन्त्री गुरुङले डा. शर्मा र केएमसी अस्पताल परिवारप्रति विशेष आभार प्रकट गरे ।

जेनजी आन्दोलनमा भएको दमनलाई लिएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्तिहरूमाथि पक्राउ र अनुसन्धानको प्रक्रिया अघि बढाएका गृहमन्त्रीको यो अस्पताल यात्रालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट