२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा उपसभापति डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । अर्यालले शुक्रबार सिंहदरबार पुगेर विधिवत् रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै १८२ सांसद रहेका छन् । यो संख्या सभामुख निर्वाचित हुन आवश्यक पर्ने स्पष्ट बहुमतभन्दा निकै बढी हो । रास्वपाको यो एकल बहुमतका कारण अर्याल सभामुखमा निर्वाचित हुने निश्चित देखिएको छ ।

पछिल्लो राजनीतिक समीकरण र सदनमा रास्वपाको बलियो उपस्थितिले गर्दा अर्यालको मनोनयनलाई औपचारिकता मात्र मानिएको छ। उम्मेदवारी दर्तासँगै रास्वपाले सदनको बागडोर सम्हाल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट