धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित सशस्त्र प्रहरी बल नेपाल का प्रहरी निरीक्षक ओकिल अधिकारीलाई पक्राउ गरेको छ ।
आयोगले स्टिङ अपरेशन सञ्चालन गरी उनलाई धनुषाको लालगढस्थित पूर्व–पश्चिम राजमार्गबाट पक्राउ गरेको हो । कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा काम गरिरहेका सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीका आधारमा निगरानी गरिएको थियो ।
सोही क्रममा अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको हो । हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस