२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

संसदमा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार हुँदैन, अनुशासनको पूर्णरुपमा पालना हुन्छ : रवि लामिछाने

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसदमा लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संसदमा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दाहरुलाई बन्देज गर्ने जस्ता लोकतान्त्रिक प्रणालीलाई प्रहार हुने किसिमको व्यवहार नहुने बताएका हुन् । संसदीय मर्यादा, संसदीय नियमावलीका अनुशासनको मापदण्डको पूर्णरुपमा पालना हुने उनको भनाइ छ ।

उनले रास्वपा उपसभापति डीपी अर्याले सभामुख भइसकेपछि पार्टीभन्दा पनि सदनप्रति उत्तरदायि हुने विश्वास व्यक्त गरे । सभापति लामिछानेले उपसभापतिका बिषयमा भने अहिले कुनै पार्टीसंग छलफल नभएको जानकारी दिए । उनले न्याय पाउने पहिलो हक जेनजी आन्दोलनका शहीद परिवारलाई रहेको भन्दै पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोध भन्न नमिल्ने बताए । रास्वपा नेतृत्वको सरकारको गतिविधि पब्लिक अडिटमा रहेकाले सवै गतिविधिहरु पारदर्शी हुने उनको भनाइ छ ।

उनले रास्वपालाई जनताले दिएको म्याण्डेड अनुसार नीतिगत रुपमा नै बोलेर भन्दा काम गरेर सुधारका अभिभाराहरुलाई पुरा गर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट