२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

जनताप्रति जवाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफुहरु जनताप्रति जवाफदेही भएर काम गर्ने बताएका छन् ।

रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले वर्तमान सरकार जनताप्रति पूर्ण रुपमा जवाफदेही हुने र कुनै पनि नराम्रा काम नगर्ने बताएका हुन् ।

उनले राजनीतिको मूल नीति सफा भएको भन्दै निष्कलंकित भएर पाँच वर्ष पछाडि आफूले गरेको काम फर्किएर हेर्दा गर्व गर्ने गरि काम गर्ने धारणा राखे ।

मन्त्री तिमिल्सिनाले देश र जनताका लागि गर्नुपर्ने धेरै काम रहेकाले परिणाम मात्रै दिइरहन पाए हुन्थ्यो भन्ने चिन्ता रहेको बताए । उनले सार्वजनिक निकायमा हावी भएको नकारात्मकतालाई सुधार गर्दै उनीहरुलाई देश बनाउने अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।

देश बनाउन सञ्चार माध्यमको ठुलो भूमिका रहने उल्लेख गर्दै उनले देशले खोजेको बाटोबारे जनतालाई सुसूचित गराउने काम सञ्चार माध्यमको भएको धारणा राखे । उनले सबै जना इमान्दार र जिम्मेवार भएमा संस्था मात्र नभइ देश पनि सुन्दर बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट