२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं उपत्यकामा गुण्डागर्दीविरुद्ध प्रहरीको ‘एक्सन’, १७ जना पक्राउ

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नयाँ जनादेशअनुसार सरकार गठन भएसँगै नेपाल प्रहरीले उपत्यकामा गुण्डागर्दीविरुद्ध आक्रामक अपरेशन सुरु गरेको छ । उपत्यकामा बढ्दो गुण्डागर्दी र बिचौलियाको बिगबिगीलाई लक्षित गर्दै प्रहरीले अभियानकै रूपमा पक्राउ र अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार राति मात्रै १३ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नाम चलेका गुण्डा नाइकेहरू अशोक राई, सञ्जीव लामा, सुरेश गुरुङ र किमजोङ बोस समेत रहेका छन् । उनीहरूलाई उपत्यकाका विभिन्न संवेदनशील क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंले पनि ४ जनालाई नियन्त्रणमा लिएको छ । परिसरका अनुसार बाफलका बिर्जु महर्जन, कलंकीका सुरज कार्की, स्यूचाटारका सरु हुमागाईं र श्याम लामा समूहका प्रविण गुरुङ पक्राउ परेका हुन् ।

प्रहरीले केवल गुण्डागर्दी मात्र नभई सरकारी कार्यालयहरूमा सर्वसाधारणलाई सास्ती दिने बिचौलियाहरूमाथि पनि निगरानी बढाएको छ । सरकारी सेवामा बिचौलियाको बिगबिगी बढेको जनगुनासोपछि प्रहरीले उनीहरूलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

नयाँ सरकारको कार्यभारसँगै प्रहरीको यो सक्रियतालाई शान्ति सुरक्षा कायम गर्ने कडा संकेतका रूपमा हेरिएको छ । पक्राउ परेका सबैमाथि सूक्ष्म अनुसन्धान भइरहेको र दोषी देखिए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने प्रहरीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट