२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

फेवाताल जोगाउन ‘एक्सन’, अवैध संरचनामाथि बिहानैदेखि डोजर

शनिवार , चैत्र २१, २०८२

पोखरा । फेवातालको अस्तित्व जोगाउन र अतिक्रमण हटाउन स्थानीय प्रशासनले शनिबार बिहानैदेखि डोजर चलाउन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशनमा तालको ६५ मिटर मापदण्डभित्र पर्ने सम्पूर्ण अस्थायी र अवैध संरचनाहरू भत्काउन थालिएको हो ।

कास्की प्रहरीका अनुसार सुरक्षाका लागि जिल्ला प्रहरी, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र प्रहरी गरी झण्डै डेढ सय सुरक्षाकर्मी फिल्डमा खटाइएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र पोखराका मेयर धनराज आचार्यबीच फेवातालको विषयमा गम्भीर टेलिफोन वार्ता भएको थियो । सोही संवादको नतिजास्वरूप आज बिहानैदेखि ताल संरक्षणको यो ऐतिहासिक कदम चालिएको बुझिएको छ ।

संरचना भत्काउन थालेपछि केही स्थानीय र व्यवसायीहरूले असहमति जनाउँदै अवरोध गर्ने प्रयास गरेका थिए । यद्यपि, ठूलो संख्यामा परिचालन भएका सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिँदै मापदण्ड विपरीतका संरचना हटाउने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताललाई पुरानै स्वरूपमा फर्काउने यो अभियानले अतिक्रमण गरी व्यापार चलाइरहेका ठूला लगानीकर्ताहरूलाई समेत कडा चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट