२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

फेवाताल किनारका अस्थायी संरचनामा डोजर, स्थानीयको चर्को विरोध

शनिवार , चैत्र २१, २०८२

पोखरा । पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरामा डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन् । महानगरले ताल किनारका अस्थायी टहरा र संरचना भत्काउन थालेपछि प्रभावित स्थानीयवासीहरू संगठित रूपमै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका हुन् ।

शनिबार बिहानैदेखि डोजर चल्न थालेपछि आक्रोशित बनेका स्थानीयले सडक अवरुद्ध गर्दा आवागमन पूर्ण रूपमा ठप्प भएको छ । उनीहरूले महानगरको यो कदमले आफ्नो व्यवसाय र जीविकोपार्जनमा गम्भीर धक्का लागेको भन्दै चर्को नाराबाजी गरिरहेका छन् ।

महानगरपालिकाले भने फेवातालको ६५ मिटर मापदण्डभित्रका अवैध संरचना हटाउन गृह मन्त्रालयको निर्देशन र अदालतको फैसला कार्यान्वयन गरिरहेको बताएको छ । तालको सौन्दर्य र अस्तित्व बचाउन यो कदम अनिवार्य भएको महानगरको दाबी छ ।

विरोध प्रदर्शनका कारण स्थिति नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा जनपद र नगर प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरीबीच केही बेर भनाभन र धकेलाधकेल समेत भएको थियो । स्थानीयले उचित क्षतिपूर्ति र वैकल्पिक स्थानको माग गर्दै आफ्नो आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

पोखराको प्रमुख पर्यटकीय क्षेत्रमा देखिएको यो मुठभेडले महानगरको सौन्दर्यकरण अभियान र नागरिकको जीविकोपार्जनबीचको द्वन्द्वलाई फेरि सतहमा ल्याइदिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट