भक्तपुर । आउँदै गरेको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । शनिबार चलाइएको विशेष ‘स्वीप अप्रेसन’ का क्रममा प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याउने ६० भन्दा बढी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ठिमी, जगाते लगायतका विभिन्न प्रहरी युनिटहरू परिचालन गरी जिल्लाभर खानतलासी र निगरानी बढाइएको थियो ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र कसुर हेरी कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस