काठमाडौं । काठमाडौं उपत्यकामा गुण्डागर्दी र असुलीमा संलग्न रहँदै आएका ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । एसएसपी रमेश थापाका अनुसार गुरुङलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
गुरुङको आपराधिक इतिहास निकै लामो र विवादास्पद रहँदै आएको छ । कुनै समय इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैँटेको समूहमा सक्रिय रहेका उनी घैँटेको मृत्युपछि ‘बुलेट प्रुफ’ ज्याकेट लगाएर हिँड्ने गर्दथे ।
२०७२ सालमा नुवाकोटबाट २८ बोरको रिभल्भर र गोलीसहित पक्राउ पर्दा प्रहरीले उनको साथबाट सो ज्याकेट बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस