२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रुपन्देहीमा प्रहरी र लागुऔषध तस्करबीच झडपः गोली लागेर एक घाइते, तीन पक्राउ

मंगलवार , चैत्र २४, २०८२

रुपन्देही । रुपन्देहीको रोहिणीमा लागुऔषध तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर भाग्न खोज्ने समूह र प्रहरीबीच झडप हुँदा एक जना तस्कर घाइते भएका छन् भने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली परिचालन भएको थियो । यूपी५६एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोक्न खोज्दा उनीहरूले अटेर गरी भाग्ने प्रयास गरेका थिए ।

भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूले प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा एक राउण्ड हवाई फायर र त्यसपछि थप दुई राउण्ड गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट