काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन आज स्थलगत निरीक्षणमा जाने भएका छन् ।
गृहमन्त्री गुरुङसहितको टोली बिहान ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । हरेक वर्ष वर्षायाममा आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्या र गुनासो बढ्दै गएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन् ।
साथै, वर्षा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वय प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस