काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी यो बैठक तय गरिएको हो ।
बैठकको एजेण्डाका बारेमा हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन । सरकारले अचानक बैठक बोलाएपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
गृहमन्त्री सुधन गुरुङ बिहान काभ्रेस्थित रोशी खोला भ्रमणमा जाने तयारीमा थिए । तर, मन्त्रिपरिषद्को बैठक आकस्मिक रुपमा राखिएपछि गृहमन्त्री गुरुङ रोकिएका छन् । बैठक सकिएपछि उनी काभ्रे जाने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस