२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा

मंगलवार , चैत्र २४, २०८२

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय सङ्घीय परिषद् सचिवालय सार्वजनिक गर्दै आगामी कार्यदिशा र योजनाहरू प्रस्तुत गरेको छ । आज काठमाडौँस्थित महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नेतृत्वको औपचारिक घोषणा गरिएको हो ।

यही चैत ५ गते सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनले निमा लामा ह्योल्मोको नेतृत्वमा नयाँ सङ्घीय परिषद् सचिवालय चयन गरेको थियो । सोही निर्णयअनुसार आज औपचारिक रूपमा पदाधिकारीहरूको नामावली सार्वजनिक गरिएको हो ।

नवगठित सचिवालयको अध्यक्षमा ह्योल्मो, वरिष्ठ उपाध्यक्षमा दिलबहादुर गुरुङ। उपाध्यक्षहरूमा अमृतबहादुर सुनुवार, आङपासाङ शेर्पा, चन्द्रलाल राजभण्डारी (नेवार), चिनिमाया माझी, जुनिता राई, मनमाया छन्त्याल र रामकुमारसिंह दनुवार चयन भएका छन् ।

यस्तै, महासचिवमा विमल सारुमगर, उप–महासचिवमा गणेश कुमाल, सचिवहरूमा चकचकी राजवंशी, छेवाङ बुम्छोक गुरुङ (डोल्पो), जसवी मण्डल (जस्मिन) गन्गाई, बिना मम्बा तामाङ, महेन्द्र दुरा, शिवचन्द्र मण्डल (धानुक), सन्तबहादुर चेपाङ तथा शैलेन्द्रकुमार ताजपुरिया रहेका छन् ।

यसैगरी, कोषाध्यक्षमा मिङमा कामी शेर्पा ढोक्पया र सह–कोषाध्यक्षमा प्रभातकुमार चौधरी चयन भएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष ह्योल्मोले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, समृद्धि तथा स्वशासन सुनिश्चित गर्न महासङ्घ दृढतापूर्वक अघि बढ्ने बताए । उनले आगामी दिनमा नीति निर्माण तहमा आदिवासी जनजातिको प्रभावकारी सहभागिता सुनिश्चित, सामाजिक न्यायको आधार सुदृढ तथा सांस्कृतिक पहिचान संरक्षणमा विशेष जोड दिइने बताए ।

अध्यक्ष ह्योल्मोले भने, “हामी आदिवासी जनजातिको अधिकार, पहिचान र स्वशासन सुनिश्चित गर्न प्रतिबद्ध छौँ । समुदायको स्वाभिमान र आत्मनिर्भरता मजबुत बनाउने दिशामा योजनाबद्ध रूपमा अघि बढ्नेछौँ ।”

महासङ्घले आगामी कार्ययोजनाअन्तर्गत सङ्घीयता कार्यान्वयनमा आदिवासी जनजातिको भूमिका सुदृढ गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी तथा भाषा–संस्कृति संरक्षणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । साथै, स्थानीय, प्रदेश र सङ्घीय तहमा नीति तथा कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट