काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका विभिन्न समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन् । उनीहरूले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष शपथ लिएका हुन् ।
राष्ट्रिय सभाका चार समितिमा सभापतिहरू निर्विरोध चयन भएका थिए। दलहरूबीच सहमतिपछि नेपाली कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालकी पूजा चौधरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा चयन भएकी छन् भने नेकपाकी सांसद जयन्तीदेवी राई सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित भएकी छन् ।
प्रतिक्रिया दिनुहोस