२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

उपसभामुख निर्वाचन: आज उम्मेदवारी दर्ता, २७ गते मतदान

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

नेपालको संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिङ्गको हुनुपर्ने अनिवार्य व्यवस्था छ । वर्तमान शक्ति सन्तुलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका निर्णायक देखिएको छ । यद्यपि, रास्वपाले अहिलेसम्म कुन दलको उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे औपचारिक ग्रिन सिग्नल दिएको छैन ।

प्रतिनिधिसभामा रहेका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका नेताहरूबीच सहमतिको प्रयास भइरहे पनि ठोस निष्कर्ष निस्कन सकेको छैन । एमाले बाहेकका अन्य दलहरूले उपसभामुखमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम सभामुखले तोकेको मिति र समयमा उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । सोही अनुसार संसद् सचिवालयले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरिसकेको सचिव हर्कराज राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट