काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज प्रहरी हिरासतबाट रिहा हुने भएका छन् । सर्वोच्च अदालतको आदेश र सरकारी वकिलको कार्यालयको निर्णयपछि उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरिएको हो ।
काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने पत्र प्राप्त भइसकेकाले अब केही समयमै उनलाई छाड्ने प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले उनलाई आजै अस्पतालबाट सिधै जिम्मा जमानीमा छोड्ने तयारी गरेको छ । यसअघि सर्वोच्च अदालतले स्वास्थ्य अवस्था र अन्य कानुनी आधारलाई मध्यनजर गर्दै रिहाइको बाटो प्रशस्त गरिदिएको थियो ।
प्रतिक्रिया दिनुहोस