२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

एमाले अध्यक्ष केपी ओली रिहा, अस्पतालमै परिवारको जिम्मा लगाइयो

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । अबको थप निर्णय भने उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने जनाइएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए ।

त्यसपछि उनकी पत्नी राधिका ओली ले गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते बेलुका केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो ।

साथै, तोकिएको समयसम्म अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्नुपर्ने आदेश पनि सर्वोच्चले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट