२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक पनि प्रहरी हिरासतबाट मुक्त भएका छन् । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएको केही समयमै प्रहरीले लेखकलाई पनि छाडेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार लेखकलाई स्वास्थ्य परीक्षणपश्चात हिरासतमुक्त गरिएको हो । सर्वोच्च अदालतले बिहीबारसम्म अनुसन्धान नटुङ्गिएमा सर्तसहित छाड्न दिएको आदेशपछि प्रहरीले उनीहरूलाई रिहा गरेको हो ।

यसअघि, सोही प्रकरणमा चैत १४ गते पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले त्रिवि शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाएको थियो । ओलीको स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पतालमै जिम्मा लगाइए पनि लेखकलाई भने महाराजगन्जस्थित प्रहरी इकाईबाट स्वास्थ्य परीक्षण गरी मुक्त गरिएको हो ।

पत्नी राधिका शाक्यले दिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले चैत २६ गतेभित्र अनुसन्धान सक्न वा रिहा गर्न डेडलाइन तोकेको थियो । सोही अवधिमा अनुसन्धान पुरा नभएपछि दुवै नेताहरू १३ दिनपछि हिरासतमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट