२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विप्लवको चेतावनीः विद्यार्थीको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध कडा आपत्ति जनाउँदै सरकारलाई गम्भीर चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्यार्थी संगठनहरूको आन्दोलनप्रति पार्टीको पूर्ण ऐक्यबद्धता रहेको स्पष्ट पारेका हुन् ।

महासचिव विप्लवले विद्यार्थी संगठन खारेज गर्ने तयारीलाई सरकारको निरङ्कुश प्रवृत्तिको पराकाष्ठा भनेका छन् । उनले लेखेका छन्, सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन् ।

नेपालको राजनीतिक इतिहासमा विद्यार्थीहरूको भूमिकाको स्मरण गराउँदै उनले थपे, नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ।

विप्लवले जुन शक्तिको बलमा वर्तमान राजनीतिक परिवर्तन र सरकार सम्भव भयो, तिनैलाई निषेध गर्न खोज्नु सरकारकै लागि आत्मघाती हुने बताएका छन् । उनले चेतावनी दिँदै भनेका छन्, जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन्, तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ।

विद्यार्थी संगठनहरूले अहिले गरिरहेको विरोध प्रदर्शनलाई थप सशक्त र प्रभावकारी बनाउन उनले सुझाव दिएका छन् । सरकारी नीतिको विरुद्धमा सडकमा उत्रिएका विद्यार्थीहरूलाई न्याय र अधिकारका लागि पछि नहटी अगाडि बढ्न उनले हौसला दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट