२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विगतका कमजोरी र त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्छ, युवाको सक्रियताले राष्ट्र फलदायी बन्छ : पूर्वराजा शाह

सोमवार , चैत्र ३०, २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विगतका कमजोरी र त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड समेत दिएका छन् ।

नयाँ वर्ष २०८३ को उपलक्ष्यमा सोमबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख र शान्तिको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले विगत केही वर्षदेखि देश अपेक्षित विकासको साटो पछाडि धकेलिँदै गएकोमा चिन्ता प्रकट गर्दै राजनीतिक र प्रशासनिक प्रणालीमा गरिएका फेरबदलहरू केबल सतही मात्र सावित भएको टिप्पणी गरेका छन् । दलीय राजनीतिको खिचातानीले गर्दा राष्ट्रको श्रीवृद्धि ओझेलमा परेको र देश एउटा प्रयोगशाला जस्तो मात्र बनेको उनले बताएका छन् ।

त्यस्तै, उनले राज्य सञ्चालन र राजनीतिमा युवा पुस्ताको बढ्दो संलग्नता उत्साहको विषय भएको बताएका छन् । उनले देश र समाजलाई प्रगति पथमा अघि बढाउन युवाहरूको भूमिका महत्त्वपूर्ण हुने चर्चा गरेका छन् । साथै, उनले शिक्षित, देश बुझेका र आधुनिक प्रविधिमा पोख्त युवाहरूको सक्रियताले राष्ट्रलाई फलदायी बनाउने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो सन्देशमा देशको वर्तमान आर्थिक अवस्थालाई उकास्न र छिमेकी राष्ट्रहरूका साथै बाह्य मित्र शक्तिहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको पूर्वराजाले बताएका छन् ।

https://youtu.be/XaZmLHNlFLQ

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट