२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

‘२०८२ : उथलपुथल, परिवर्तन र इतिहास लेखिएको वर्ष’

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेपालका लागि विक्रम संवत् २०८२ साल इतिहासमा सधैं सम्झिने, बहस गरिने र अध्ययन गरिने वर्षका रूपमा स्थापित भयो । यो वर्ष केवल पात्र परिवर्तनको वर्ष मात्र नभई प्रणालीमाथि प्रश्न उठेको, नेतृत्वको परीक्षा भएको र जनताको आवाज निर्णायक बनेको वर्ष रह्यो ।

राजनीतिक रूपमा, देशले अभूतपूर्व उतारचढाव देख्यो । सत्तामा रहेका प्रमुख नेताहरू केपी शर्मा ओली र शेरबहादुर देउवा आन्दोलनको चपेटामा परे । सडकबाट उठेको जनआवाज यति शक्तिशाली बन्यो कि सत्ताको शिखरमै रहेका व्यक्तिहरूले पद छाड्न बाध्य हुनुपर्‍यो ।

कतै विरोध, कतै आक्रोश, कतै असन्तुष्टि त कतै परिवर्तनको हुंकार । यी सबै मिलेर २०८२ लाई एक आन्दोलनमय वर्ष बनायो । तर, यही वर्षले अर्को ऐतिहासिक मोड पनि लियो ।

देशमा सम्पन्न भएको आम निर्वाचनले सबैलाई चकित पार्दै एउटै राजनीतिक दललाई झण्डै दुई-तिहाइ बहुमत दियो । संविधान लागू भएपछि पहिलोपटक, धारा ७६ (१) अन्तर्गत स्पष्ट बहुमतसहित प्रधानमन्त्री नियुक्त हुने अवस्था सिर्जना भयो ।

जसलाई असम्भव मानिएको थियो, त्यो २०८२ ले सम्भव बनायो । नयाँ मन्त्रिपरिषद् गठन भयो, नयाँ आशा जन्मिए र नयाँ दिशातर्फ देश अघि बढ्ने संकेत देखियो ।

यही ऐतिहासिक राजनीतिक मोडपछि, देशमा नयाँ सरकार गठन भइसकेको बालेन शाह नेतृत्वमा बनेको नयाँ सरकारसँगै मन्त्रिपरिषद् पनि गठन भइसकेको छ ।

अब प्रश्न केवल सरकार बन्नेमा सीमित छैन । प्रश्न यो छ कि, यो सरकारप्रति जनताको भरोसा कति छ ?

वर्षौंदेखि अस्थिरता, निराशा र अपूर्ण वाचा झेलेका नेपाली जनतामा यसपटक आशा र आशंका । दुवै सँगसँगै देखिन्छन् ।

कतिपयका लागि यो सरकार परिवर्तनको प्रतीक हो, नयाँ पुस्ताको प्रतिनिधित्व हो र काम गर्ने प्रतिबद्धताको संकेत हो ।

तर अर्कातर्फ, अघिल्ला अनुभवहरूले जनतालाई सजग पनि बनाएको छ । के यो सरकार साँच्चै फरक साबित होला ? के सरकारले गरेका १०० वाचा कार्यान्वयनमा बदलिन्छन् ? के प्रणालीमै सुधार देखिन्छ ? अबको समयले यी प्रश्नहरूको उत्तर दिनेछ ।

“२०८२—जहाँ सत्ता ढल्यो, जनमत उठ्यो… र अब, नयाँ सरकारसँगै जनताको आशा परीक्षामा छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट