२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रवि लामिछानेको नयाँ वर्ष सन्देश: ‘यो खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्’

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई खील निकाल्ने वर्षको रूपमा चित्रण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले आगामी वर्ष परिवर्तनका लागि केही पीडादायी तर आवश्यक हुने सङ्केत गरेका हुन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् । हाम्रो तर्फबाट धेरै शुभकामना ।

उनको यो भनाइलाई मुलुकमा जरा गाडेर बसेको भ्रष्टाचार, बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयासका रूपमा अर्थ्याइएको छ । रास्वपाले भ्रष्टाचारविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने बताउँदै आएको सन्दर्भमा सभापतिको यस्तो टिप्पणी आएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट