२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

विवादकै बीच कांग्रेसको कार्यसम्पादन र अनुशासन समितिको बैठक बस्दै

बुधवार , बैशाख २, २०८३

काठमाडौं । आन्तरिक विवादले उग्ररूप लिइरहेका बेला नेपाली कांग्रेसले आज दुईवटा महत्त्वपूर्ण बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि तय गरिएको छ ।

कार्यसम्पादन समितिको बैठक बस्नुअघि बिहान ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक समेत बोलाइएको छ । कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि विकसित परिस्थितिलाई हेरेर अनुशासन समिति सक्रिय भएको हो ।

विशेष महाधिवेशनपछि कांग्रेसभित्र दुईवटा धार स्पष्ट देखिएका छन् । गगन थापा नेतृत्वको समूहले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरिसकेको भए पनि खड्का पक्षले त्यसलाई चुनौती दिँदै समानान्तर गतिविधिहरू सञ्चालन गरिरहेको छ । आधिकारिकताको यो कानुनी र राजनीतिक लडाइँकै बीच आज बस्ने यी बैठकहरूलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट