२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधानमन्त्री बालेनले आज समानुपातिक सांसदसँग छलफल गर्दै

बुधवार , बैशाख २, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदीय अभ्यास र नीति निर्माणलाई थप प्रभावकारी बनाउन आज सबै दलका समानुपातिक सांसदहरूसँग विशेष अन्तरक्रिया गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त छलफल कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूलाई आमन्त्रण गरिएको छ।

छलफलमा सांसदहरूले आ–आफ्नो प्रतिनिधित्व गर्ने क्लस्टर (जातीय, क्षेत्रीय, लैंगिक लगायत) का विशिष्ट समस्या, चुनौती र ती समस्या समाधानका लागि चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री समक्ष आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

जनप्रतिनिधि र कार्यपालिका प्रमुखबीच प्रत्यक्ष संवाद गराई जनस्तरका समस्यालाई नीतिगत रूपमै सम्बोधन गर्ने र कार्यान्वयन पक्षलाई चुस्त बनाउने प्रधानमन्त्री बालेनको उद्देश्य रहेको सचिवालयले जनाएको छ ।

यसअघि ओझेलमा पर्दै आएका समानुपातिक क्लस्टरका मुद्दाहरूलाई राष्ट्रिय मूलधारको कार्ययोजनामा समावेश गर्न यो छलफल कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट