२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । काठमाडौँको प्राचीन असन क्षेत्रमा शनिबारदेखि सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम सुरु गरिएको छ ।

असन क्षेत्रको मौलिकतालाई जोगाउन काठमाडौं महानगरपालिकाले हरेक शनिबार जीवन्त र समृद्ध असन कार्यक्रम सुरु गरेको हो । काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार, संस्कृतिको पुरस्तान्तरण र पूर्खाको ज्ञान र सिपलाई निरन्तरता दिने उदेश्यले प्रवर्धन गरिएको महानगरले जनाएको छ ।

कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम आयोजना गरिएपछि सो क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा पूर्ण रुपमा रोक लगाइएको छ ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट