२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा सचिवालय बैठक आज बस्दैः आधा दर्जन बढी एजेन्डा तय

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। बैठक दिउँसो साढे ३ बजे पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने तय भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकका लागि आधा दर्जनभन्दा बढी एजेन्डा तय गरिएको छ। बैठकमा जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभागहरूको मनोनयनबारे छलफल हुनेछ।

यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विभिन्न योजनाको आह्वान तथा अन्य समसामयिक विषय पनि एजेन्डामा समावेश गरिएको छ।

प्रवक्ता झाले विविध शीर्षकअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक, संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धी विषयमा समेत छलफल हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट