२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

रास्वपा केन्द्रीय समिति बैठक: स्थानीय चुनावका लागि 'उम्मेदवार क्लब' देखि ९ एजेन्डामा छलफल

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारका विषयमा मुख्य छलफल हुनेछ ।

बैठकको सुरुवातमा पार्टीका हालसम्मका गतिविधिबारे ब्रिफिङ गरिनेछ । त्यसपछि २० जना केन्द्रीय सदस्यलाई जनस्तरको रिपोर्ट प्रस्तुत गर्न जनही दुई मिनेटको समय दिइनेछ ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदामाथि छलफल तथा पार्टी विधान संशोधनका विषय पनि प्रमुख एजेन्डामा छन् ।

यसैगरी, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र इच्छुक उम्मेदवारबाट आवेदन माग्ने प्रस्तावमाथि पनि छलफल हुनेछ ।

प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने विषयलाई पनि रास्वपाले प्राथमिकताका साथ बैठकमा उठाउने जनाएको छ ।

बैठकले सचिवालयले यसअघि गरेका निर्णय अनुमोदन गर्नुका साथै विभिन्न आयोग र निकायबाट प्राप्त पत्रबारे पनि निर्णय गर्नेछ । साथै, विषयगत विभागलाई योजना र नीति निर्माणका लागि आवश्यक निर्देशन दिने तथा संसदीय दलको विधान संशोधनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट