२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार महासंघका काठमाडौं लगाएत सबै जिल्ला शाखा मार्फत सम्बन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय विभेदकारी भएको भन्दै महासंघले दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ ।

उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रवन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको महासंघको ठहर रहेको छ ।

वैशाख १५ दवावमूलक कार्यक्रम घोषणा गरेको महासंघले माग पूरा नभए दबाबका कार्यक्रमको समीक्षा गरी थप आन्दोलित हुने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट