२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भोजपुरमा वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

आइतवार , बैशाख १३, २०८३

टक्सार (भोजपुर) । भोजपुरमा वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ ।

जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए ।

वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ । यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट